अख्तियार नेपालगन्जद्वारा स्थापना दिवसमा विविध कार्यक्रम


अख्तियार नेपालगन्जद्वारा स्थापना दिवसमा विविध कार्यक्रम

नेपालगन्ज २८ माघः अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जले आफ्नो ३१ औं स्थापना दिवस नेपालगन्जमा विभिन्न कार्यक्रम गरि मनाएकोछ । ‘भ्रष्टाचार विरुद्धको सहकार्य सुशासनका लागि अपिहार्य भन्ने नाराका साथ अख्तियारले स्थापना दिवस मनाएको हो ।

स्थापना दिवसका अवसरमा अख्तियारको सम्पर्क कार्यालय नेपालगन्जले आन्तरिक ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्नुका साथै नील सागर बृद्धाआश्रम सेवा केन्द्र, नेपालगन्जमा गएर विभिन्न सामाग्री प्रदान गरेकोछ ।

ब्याडमिन्टन प्रतियोगिताको विजेताहरुलाई शुक्रबार एक समारोहका विच पुरस्कार वितरण गरिएको छ । अख्तियारमा आयोजना गरिएको पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले विजयीहरुलाई बधाई दिदै प्रमाण पत्र प्रदान गरेका थिए ।

प्रमुख अतिथि भण्डारीले देशमा सुशासन कायम राख्नमा आयोगको ठूलो भूमिका रहेको प्रशांसा गर्दै ब्याडमिन्टन प्रतियोगिताले आयोगकको काममा उर्जा मिलोस् भन्दै सबैलाई बधाई तथा शुभकामना दिएका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

सोही अवसरमा कार्यक्रमका सभापति तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगन्ज कार्यालयका प्रमुख विजयराज पौडेलले विजयीहरुलाई बधाई तथा हौसला प्रदान गर्दै अख्तियारले सकेजति आफ्नो काम प्रभावकारी बनाउँदै लगिरहेको बताए ।

प्रमुख पौडेलले कोभिडका कारण अन्य भिडभाडजन्य कार्यक्रम नगरी आन्तरिकरुपमा रचनात्मक कार्यक्रम गरिएको जानकारी दिदैं स्थापना दिवसको अवसरमा कर्मचारीबीच मैत्रीपुर्ण ब्याटमिन्टन प्रतीयोगिता आयोजना गरिएको बताए ।

अन्तर कर्मचारी ब्याडमिन्टन प्रतियोगिता डबल पुरुषतर्फ प्रथम सूर्यनारायण झा र समीर ओली, द्वितिय नविन बहादुर पाल र दीपक बहादुर थापामगर, तृतिय शंकर प्रसाद आचार्य र थिर बहादुर विष्ट तथा सान्त्वना महेश प्रसाद जोशी र ओपेन्द्र बोहोरा भएका थिए ।

विजयी तथा सहभागीहरुलाई आयोग नेपालगन्ज प्रमुख पौडेल, प्रमुख अतिथि तथा पत्रकार महासंघ बाँकेका अध्यक्ष भण्डारीले प्रमाण पत्र तथा पुरस्कार वितरण गरेका थिए ।

सोही अवसरमा आयोग नेपालगन्जका सूचना अधिकारी श्रीधर टण्डनले कार्यक्रम सञ्चालन गरेका थिए । खेल संयोजक हरिबहादुर विसीले पनि आफ्ना भनाई राखेका थिए ।

स्थापना दिवसकै अवसरमा शुक्रबार नै आयोगको कार्यालय नेपालगन्जले नीलसागर बृद्ध आश्रम तथा असाह सेवा केन्द्रमा गई एक थान ग्यास सेट (सिलिण्डर, चुल्हो), २० केजी दाल, १० लिटर खाने तेल, विस्कुट १६८ गोटा र लुगा धुन १० केजी सरफ वितरण गरेको आयोग प्रमुख पौडेलले बताए ।