क्यान्सर अस्पताल खजुरामा उपचार गराउनेले २ लाख सुविधा पाउने


क्यान्सर अस्पताल खजुरामा उपचार गराउनेले २ लाख सुविधा पाउने

नेपालगन्ज १० फागुन : लुम्बिनी प्रदेश सरकारले क्यान्सरका विरामीलाई दुई लाख रुपैयाँसम्मको सुविधा दिने भएकोछ । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा क्यान्सर रोगको उपचार गराउने बिरामीले यो सुविधा पाउनेछन् । यसका लागि क्यान्सर अस्पताल खजुरालाई लुम्बिनी सरकारले सूचीकृत समेत गरेकोछ ।

हालै लुम्बिनी प्रदेश सरकार अन्तर्गतको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले क्यान्सर अस्पताल खजुरालाई विपन्न नागरिक उपचार कोष निर्देशिका, २०७५ अनुसार सूचीकृत गरेपछि क्यान्सर अस्पतालमा उपचार गराउने क्यान्सरका विरामीलाई दुई लाख रुपैयाँसम्म सुविधा दिइने भएको हो । तर, यो सुविधा भने लुम्बिनी प्रदेशमा स्थायी घर भएका बिरामीले मात्र पाउनेछन् ।

लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य निर्देशक डाक्टर विनोद गिरीका अनुसार सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा यही फागुन १ देखि विपन्न नागरिक उपचार कोष निर्देशिका, २०७५ अनुसार सूचीकृत भएको हो ।

क्यान्सर अस्पताल सूचीकृत भएपछि लुम्बिनी प्रदेशका क्यान्सर रोगका बिरामीहरुले यो सुविधाबाट लाभ लिनसक्ने भन्दै विरामीको केही आर्थिक जटिलता कम हुने क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डाक्टर कृष्ण आचार्यले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

संघीय सरकारले एक लाख रुपैयाँ दिँदै आएको छ । स्थानीय तह र अस्पतालको सिफारिसमा विरामीले एक लाख रुपैयाँ पाउँदै आएका छन् । तर, लुम्बिनी प्रदेश सरकारले प्रदेशबाट पनि सिफारिस लिनुपर्ने व्यवस्था गरेपछि भने विरामीलाई समस्या पर्ने देखिएको डाक्टर आचार्यले बताए ।

प्रदेश सरकारको सेवा लिन विरामी पुनः मन्त्रालयमै धाउनुपर्ने अवस्थाले विरामीलाई मर्का पर्ने देखिएपछि त्यसलाई सच्चाउन सुझाव दिएको उनले बताए ।

तर, यता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले संघीय सरकारबाट जुन तरिकाले विरामीले सेवा पाउँछन् त्यही अनुसार प्रदेशको सेवा पाउने दावी गर्दै विरामी बुटवल जानुनपर्ने बताए ।

थप समाचार

अस्पताल सञ्चालन भएको ४ वर्षपछि पहिलोपल्ट स्तन क्यान्सरको सर्जरी

क्यान्सर अस्पताल खजुरामा पहिलो पटक दुरबिन प्रबिधिबाट ४ जना बिरामीको अप्रेशन

क्यान्सर अस्पताल खजुरामा पहिलो पटक मुटुरोग उपचार शिबिर

खजुरा क्यान्सर अस्पतालबाट सेवा लिनेको संख्यामा दोब्बर बृद्धि

क्यान्सर अस्पताल खजुरामा बिदाको दिनमा ८ वटा अप्रेशन

डा. कृष्ण आचार्य : जसले खजुरा क्यान्सर अस्पताललाई चम्काइदिए