नेपालगन्ज १५ फागुन : नेपालगन्ज वडा नम्बर–१८ वडा कार्यलयको बजेटबाट भाट्भटेनीदेखि पश्चिममा रहेको श्रीनगर टोल जाने सडक कालोपत्रे गरिने भएकोछ । २ सय १३ मिटरको उक्त सडक कालोपत्रे गर्नका लागि वडाअध्यक्ष दीपक बर्माले आईतबार शिलन्यास गरेका छन् ।
वडा अध्यक्ष बर्माद्वारा शिलान्यास गरिएको उक्त सडक वडा कार्यालय बजेटबाट निर्माण गरिदैँछ ।
वडा कार्यालयको कुल ३१ लाख ५ हजारको लागतमा २ सय १३ मिटर सो सडक कालोपत्रे हुनेभएपछि शिलान्यास कार्यक्रममा सहभागि टोलबासीले वडाअध्यक्षलाई खादा ओढ्याएर सम्मान समेत गरेका थिए ।
सोक्रममा वडाअध्यक्ष भएर जनतासंग गरेको प्रतिबद्धता र बाचा अनुसार काम गर्न पाउँदा हर्षित भएको भन्दै वडाअध्यक्ष बर्मालेका वडाबासीले निरन्तर साथ दिइरहेकोमा आभार प्रकट गरे ।
सो टोलमा थप सडक विस्तारका लागि पनि पहल भइ रहेको वडा अध्यक्ष बर्माले जानकारी दिए । वडाअध्यक्ष बर्माको निरन्तरताका कारण वडा नम्बर–१८ का अधिकांश टोल पक्की सडक सञ्जालसंग जोडिन पाएको छ ।
यसै आर्थिक वर्षमा ३ वटा पीच र ९ वटा पीसीसी सडक निर्माण सम्पन्न भइ सकेको २ वटा पीच र ३ वटामा पीसीसी निर्माण कार्य जारी रहेको वडासदस्य दिग्विजय ढुङ्गानाले जानकारी दिए । उनका अनुसार थप बाँकी सडक निर्माणको शुरूवात केही दिनमै शुरु हुने छ ।