पाशुपतक्षेत्र सिंगारिएपछि लोभिए दर्शानर्थी


पाशुपतक्षेत्र सिंगारिएपछि लोभिए दर्शानर्थी

नेपालगन्ज १६ फागुन : शिवरात्रिको अघिल्लो दिन सोमबार साँझ पशुपति क्षेत्रमा साधुसन्त एवं भक्तजनहरुको भिड लागेको छ ।

शिवरात्रिलाई लक्षित गर्दै पाशुपत क्षेत्र सिँगारिएपछि पशुपति क्षेत्रको दर्शन एवं आरती हेर्न लोभिएर जानेहरुले पशुपति परिसर एवं वाग्मती किनारा खचाखच भएको हो ।

शिवरात्री अवसरमा पशुपतिनाथ परिसर रङ्गीचङ्गी फूल तथा बिजुली बत्तीले सजाइएपछि त्यहाँ जानेको खुइचो थामिनसक्नु भएको हो ।

पशुपतिनाथ मन्दिरको मुख्य स्थललाई फूलले सजाइएको छ । सो कार्यका लागि करिव ५० लाख खर्च भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यसैगरी पशुपति क्षेत्रका खाली भित्तामा भगवान् शिव र पार्वतीका चित्र पनि बनाइएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

शिवरात्रिको अवसरमा नेपालसहित भारत र श्रीलंकाबाटसमेत ‘साधुसन्त तथा बाबा’हरुको उपस्थिति हुने गरेको छ । यस वर्ष ‘साधु सन्त’का लागि धुनी जगाउन गुठी संस्थानले पाशुपत क्षेत्रको निर्मल, भष्मेश्वर, राम मन्दिर, श्री गोरखनाथ (मृगस्थली), अन्नपूर्णलगायतका क्षेत्रमा ३३ हजार किलो दाउराको व्यवस्था गरेको छ ।

यसैगरी, नागा बाबाका लागि भने पशुपतिनाथको मुल मन्दिर परिसरमै धुनीको व्यवस्था गरिने संस्थानले जनाइएको छ । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रीमा सहज दर्शनका लागि व्यवस्थापन चुस्त बनाएको पशुपति क्षेत्रविकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले बताए ।

उनले आजसम्म लगभग १५ हजार जना साधुसन्त आइसकेको र यो संख्या भोलिसम्म ५० हजारसम्म पुग्ने क्षेत्र विकास कोषको अनुमान रहेको बताए । त्यस्तै, १० लाख दर्शनार्थीहरुले शिवरात्रिमा पशुपतिनाथको दर्शन गर्ने पनि बताए ।