बाँके जिल्ला लिग फुटबल

रेसिङ र कारकाँदो क्लब विजयी


रेसिङ र कारकाँदो क्लब विजयी

नेपालगन्ज १७ फागुन : कोहलपुरको रेसिङ सहारा र कारकाँदो क्लबले बाँके जिल्ला लिग फुटबलमा जित हाँसिल गरेका छन् ।

नेपालगन्ज रंगशालामा रेसिङले मिलन युवा क्लबलाई १–० ले हरायो । रेसिङका लागि विशाल चौधरीले ६३औं मिनेटमा गोल गरेका थिए । यसैगरी अर्को खेलमा कारकाँदोले ओसोनिक क्लबलाई १–० ले हराएको छ । कारकाँदोका लागि शंकर बुढाले १० औं मिनेटमा गोल गरेका थिए ।

बाँके जिल्ला फुटबल संघको आयोजनामा शुरु भएको जिल्ला लिग फुटबलको फागुनको ३० गते सम्म चल्नेछ । लिग फुटबलमा बाँके जिल्ला फुटबल संघसँग आबद्ध ११ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । लिगमा सहभागी टिमलाई दुई समुहमा विभाजन गरिएको छ ।

समुह ‘ए’ मा धम्बोझी, कारकाँदो, ओशोनिक, मिलन युवा, रेसिङ सहारा क्लब रहेका छन् । यसैगरी समुह ‘बी’ मा मोडेल टिम, बुद्ध युवा क्लब, जय किसन स्पोर्ट क्लब, न्यू डाँफे स्पोर्टस क्लब, युनाइटेड युथ क्लब र नव दुर्गा युवा क्लब रहेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

लिग अन्तर्गत हरेक दिनको पहिलो खेल २ बजे र दोस्रो खेल ३ बजेर ३० मिनेटमा हुने आयोजकले जनाएको छ । लिगको विजेताले बाँके जिल्लाबाट लुम्बिनी प्रदेश लिग फुटबलमा सहभागिता जनाउने छ ।

थप समाचार

जय किसन र युनाइटेडको जित