गुलरिया जोड्ने पक्की पुल निर्माण हुने


गुलरिया जोड्ने पक्की पुल निर्माण हुने

गुलरिया(बर्दिया) १९ फागुन : बर्दियाको सदरमुकाम गुलरिया जोड्ने सर्यु नदिमा पुल निर्माण गरिने भएको छ ।

बर्दियाको गुुुुुलरिया नगरपालिका वडा नम्बर–९ स्थित टेपरी गाँउलाई सदरमुकाम गुलरियासम्म जोड्नका लागी ६४ मिटिर लामो डबल लेनको पक्कि पुल बन्ने भएको हो । डबल लेनको उक्त पक्कि पुल करिब ५ करोडको लागतमा निर्माण गरिनेछ ।

Kanti Aarogya Hospital Nepalgunj

बिहीबार नेकपा माओवादी केन्द्र गुलरिया नगर समितिका अध्यक्ष गेहेन्द्र ढकालले एक समारोहकाविच पुलको शिलान्यास गरेका हुन् । पुलको शिलान्यास गर्दै वर्षाको समयमा सदरमुकाम गुलरियासम्म आउ–जाउ पूर्णरुपमा बन्द अवस्थाको अन्त्य हुने बताउँदै लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्मा ‘हिमाल’को विशेष पहलमा निर्माण हुने पुलबाट सो क्षेत्रका हजारौँ नागरिक लाभान्वित हुने बताए ।

भारतसंग सीमा जोडिएको गुलरिया नगरपालिका वडा नम्बर–९ का हजारौँ नागरिक गुलरिया आउजाउ गर्नको लागी अन्य समयमा सहज भएपनि वर्षाको समयमा बन्द हुने गरेका कारण विद्यार्थीका लागी अध्ययन तथा उपचारका लागी समस्या आउने गरेको बताउँदै वडा अध्यक्ष हरीप्रसाद पासीले अब ती समस्याबाट छुटकारा मिल्ने बताउँदै प्रदेश सरकारलाई धन्यबाद समेत दिए ।