होलिल्याण्ड अन्तर स्कुल मेयर कपमा प्रथम


होलिल्याण्ड अन्तर स्कुल मेयर कपमा प्रथम

नेपालगन्ज २९ फागुन : होलिल्याण्डले अन्तर स्कुल मेयर तथा उप–मेयर क्रिकेट प्रतियोगिता अन्तर्गत पुरुषतर्फको उपाधि जितेको छ । महिला तर्फको उपाधि नेपालगन्ज मोडेल एकेडेमीले यसअघि जितिसकेको थियो ।

आईतबार कोहलपुर क्रिकेट मैदानमा होलिल्याण्डले युनाइटेड एकेडेमीलाई ४० रनले पराजित ग¥यो । टस हारेर ब्याटिङ गरेको होलिल्याण्डले १९.१ ओभरमा १ सय २० रन बनाएर अलआउट भएको थियो । टोलीका लागि अनुरोध कुँवरले ३१ रन,तर्सथ गुप्ताले १६ र धन बहादुर थापाले ८ रन जोडे । युनाइटेडका समिर राना मगरले ३ विकेट र अनुराग गुरुङले २ विकेट लिए ।

जवाफमा युनाइटेडले १६.२ ओभरमा ८० रन बनाएर अलआउट भएको थियो । युनाइटेडका मोहम्मद इमरानले १८ र बिकास साहुले १७ रन जोडे । प्लेयर अफ द फाइनल होलिल्यान्डका गोपाल जिसीले सर्वाधिक ४ विकेट, धन बहादुर र हर्सिल जंग शाहीले २–२ विकेट लिएका छन । प्रतियोगितामा युनाइटेडका समित रानामगर प्लेयर अफ सिरिज, एबिसिका सुनिल चौहान उत्कृष्ट वलर र युनाइटेडका पियुस प्रजापति उत्कृष्ट ब्याटस म्यानबाट पुरस्कृत भए ।

महिला तर्फ होलिल्यान्डकी स्वतिका बजगाई वुमन अफ द सिरिज, होलिल्याण्डकी मनिषा रानामगर उत्कृष्ट वलर र नेपालगन्ज मोडेल एकेडेमीकी चमेली चौधरी उत्कृष्ट ब्याटस वुमनबाट पुरस्कृत भइन ।

Kanti Aarogya Hospital Nepalgunj

विजेता महिला तथा पुरुष खेलाडीलाई नेपालगन्ज उप–महानगरपालिका उप–प्रमुख उमा थापामगर, लुम्बिनी–कर्णाली प्रदेश क्रिकेट संघका अध्यक्ष दुर्गा बहादुर थापा, आयोजक बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष सरोवर प्रसाई, नेपाली सेनाका प्रमुख सेनानी जनमत कार्की, बाँके जिल्ला क्रिकेट संघका सचिव बिक्रम श्रेष्ठ लगायतले पुरस्कृत गरेका थिए ।