नेपालगन्ज : बाँकेको जानकी गाउँपालिका वडा नम्बर–५, गुरुवागाँउमा बृहत रक्तदान गरिएकोछ । पाँच नम्बर वडा कार्यालय बेलहरीको आयोजनामा गुरुवागाउँमा मङ्गलबार बृहत रक्तदान कार्यक्रम गरिएको हो ।
रगतको कमिका कारण कोही पनि अनाहकमा ज्यान गुमाउन नपरोस्, बिरामीलाई रगत सहजै उपलब्ध होस् भन्दै रक्तदान गरिएको कार्यक्रमका संयोजक मनमोहन बर्माले जानकारी दिए ।
उनले भने यसअघि हामीले ४ पटक रक्तदान कार्यक्रम गरिसेकाछौं, आगामी दिनमा पनि अभियानलाई निरन्तरता दिदै जानेछौं ।
जानकी गाउँपालिकाका प्रमुख रामनिवास यादव र प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले रक्तदानमा प्रयोग हुने सामाग्री हस्तान्तरण गर्दै उद्घाटन गरिएको थियो ।
क्षेत्रीय रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, होमराज गिरी, गुन्जा कनोजिया लगायतको टिमले रक्तदानमा प्राविधिक सहयोग गरेका थिए ।
कार्यक्रममा ५९ जनाले रक्तदान गरेको आयोजकले जनाएको छ । कार्यक्रममा रक्तदाताहरुलाई हौसला बढाउनका लागि ज्याकेटको पनि ब्यवस्था गरिएको थियो । प्रत्येक तीन–तीन महिनामा रक्तदान कार्याक्रमको आयोजना गरिँदै आएको वडाध्यक्ष रमेशकुमार बर्माले जानकारी दिए ।