शुक्रबार, मंसिर १२, २०७७   ०८:१९:३५
गृहपृष्ठ .   फोटो ग्यालरी

दुधले धानेको जिन्दगी

सदरमुकाम नेपालगन्जमा दुध बिक्री गरेर घर फर्किदै बाँके होलिया, बेतहनीका किसान । कृषि पेशामा निर्भर यहाँका अधिकांस सर्वसाधारणहरु दुध बेचेर परिवारको खर्च चलाउने गर्छन् । गाउँमा दुध संकलन केन्द्र नहुँदा घरदेखि टाढा नेपालगन्ज बजारमा पुगेर दुध बेच्नुपर्ने अवस्था रहेको किसानले गुनासो गरेका छन् । दुध बेच्नका लागि किसानहरु राप्तीपारीका फत्तेपुर, गंगापुर, लक्ष्मणपुर लगायतका गाविसबाट दिनहुँ साईकलमा यसरी नै नेपालगन्जसम्म दुध ओसार्दै बेलुका घर फर्कने गरेका छन् । तर, संघीय सरकारद्वारा जारी दुग्ध तथा दुग्धजन्य पदार्थको स्वच्छता एवम गुणस्तर सम्बन्धित निर्देशिका–२०७५ लागु भएसँगै खुल्ला दुध बिक्री गर्न प्रतिबन्ध लागेकोछ । जसका कारण दिनहुँ दुध बेचेर गुजारा चलाउने किसान प्रत्येक्ष मर्कामा छन् । तस्बिर- विजय मल्ल / सेतोखरी


  सोमबार, चैत ४, २०७५
थप सामाग्री