Navigation
  • गृहपृष्ठ
  • देश
  • राजनीति
  • समाज
  • अपराध-घटना
  • अन्तरवार्ता
  • विचार
  • बिजनेश
  • स्वास्थ्य
  • खेलकुद
  • सुचना-प्रविधि
  • मनोरञ्जन
  • विविध
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • युनिकोड
शनिवार, मंसिर २८, २०७६
  •  
  •  
Saturday, December 14, 2019 | शनिवार, मंसिर २८, २०७६
  • गृहपृष्ठ
  • देश
  • राजनीति
  • समाज
  • अपराध-घटना
  • अन्तरवार्ता
  • विचार
  • बिजनेश
  • स्वास्थ्य
  • खेलकुद
  • सुचना-प्रविधि
  • मनोरञ्जन
  • विविध
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • युनिकोड
६ करोड बढीकोे चरेशसहित चार महिला पक्राउ
उवासंघको निर्वाचन: वार्ता टोली गठन
औधोगिक क्षेत्र: गफ धेरै, काम थोरै
‘बम’ डिस्पोज गर्दा चरेश
महोत्सवको तयारी तीब्र
१८० बिघा सरकारी जमिन ३४ वर्षदेखि अतिक्रमित
अतिक्रमित जमिन खाली गर्न प्रशासनको निर्देशन
सोमै बहराईच चलान
बालिकालाई विद्यालय पठाउन निर्देशन
राजनीति
  • Home
  • News
  • कोहलपुरको वडाअध्यक्षमा नेकपाका रामशरण विजयी
कोहलपुरको वडाअध्यक्षमा नेकपाका रामशरण विजयी
कोहलपुर–६, उपनिर्वाचन
आइतवार, मंसिर १५, २०७६ विजय मल्ल

कोहलपुर: कोहलपुर नगरपालिकाको वडा नम्बर–६ को वडाध्यक्ष चयनका लागि भएको निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विजयी भएको छ । यसअघि यो वडामा नेपाली काँग्रेसका उम्मेद्वारले जितेका थिए ।

कोहलपुर नगरपालिका–६, का तत्कालीन वडाध्यक्ष रामसोहन थारुको २०७५ मङ्सिर ९ गते निधनपछि उपचुनाव भएको हो । शनिबार सम्पन्न उपचुनावमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का रामशरण थारु वडाध्यक्ष विजयी भएका छन् । उनले ८०० मत पाए । गत निर्वाचनमा काँग्रेसका उम्मेद्वार रामसोहन थारुले जम्मा ४ सय २४ मत प्राप्त गरी विजयी भएका थिए ।

यो वडामा कुल मतदाता २ हजार २६ थिए । तर, १ हजार ६ सय ३४ मत अर्थात ८०.६५ प्रतिशत मात्रै खसेको थियो । जसमा ७ सय ५१ जना पुरुष र ८ सय ८३ महिलाले मतदान गरेका छन् । दुई हजार २६ मतदाता रहेकोमध्ये ३ सय ९२ मत नखसेको प्रमूख निर्वाचन अधिकृत षडानन्द तिवारीले जानकारी दिए ।

राशरण थारुका निकट्तम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका श्रीकृष्ण थारुले ७ सय ३६ मत पाएका छन् । यो मत विजयी रामशरण भन्दा ६४ ले कम छ ।

यस्तै वडाअध्यक्षका उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टी(कमल थापा नेतृत्व राप्रपा) का श्रीधर सुवेदीले ६१ मत पाए । उनीसंगै समाजबादी पार्टीका शुभाखर पोखरेलले १० मत र नेपाल मजदुर किसा पार्टी(नेमकीपा) दिपालक्ष्मी हमालले १३ मत प्राप्त गरेकी छन् ।

अघिल्लो निर्वाचनमा राप्रपाका नेपबहादुर ओली र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सुभाखर पोखरेलले क्रमशः ८७ र ५६ मत प्राप्त गरेका थिए । तर, यसपटकको उपनिर्वाचनमा यी दुई पार्टीले आफ्नो यसअघिको मत रेकर्ड ब्रेक गर्न सकेनन् ।

शनिबार भएको मतदानमा जम्मा १४ मत बदर भएको प्रमूख निर्वाचन अधिकृत षडानन्द तिवारीले जानकारी दिए । करिब साढे ४ घण्टामा मतगणना सकिएको हो ।

१५ वटा वडा रहेको कोहलपुरमा प्रमुख सहित नेकपाका ९ र उपप्रमुख सहित काँग्रेसका ६ वडाध्यक्ष छन् ।


प्रकाशित मिति: आइतवार, मंसिर १५, २०७६, १२:१२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रियसभाको चुनाव माघ ९ गते
नवनिर्वाचित वडाअध्यक्ष थारुद्वारा पदभार
राप्रपाको दाउ लागेन
रामशरणको पहिलो सफलता
राजनीति
ढल्यो काँग्रेसको विरासत कोहलपुर–६, उपनिर्वाचन
64x64
आइतवार, मंसिर १५, २०७६ विजय मल्ल
वडाध्यक्ष पदका लागि बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर–६, मा शनिबार भएको उपनिर्वाचनमा नेपाली काँग्रेसले आफ्नो विरासत गुमाएको छ । पुरा पढ्नुहोस्
राजनीति
३२ स्थानको नतिजा सकियो: नेकपाको वर्चस्व (अपडेट) नेकपा १७, कांग्रेस ५, राजपा २, समाजवादी २ वडामा निर्वाचित
64x64
आइतवार, मंसिर १५, २०७६ विजय मल्ल
बाँके सहित ५२ स्थानका लागि भएको उपनिर्वाचनको परिणाम आउन थालेको छ । ३७ जिल्लाका विभिन्न तहमा भएको निर्वाचनमा बाँके, गुल्मी, भोजपुर, खोटाङ, काभ्रे, बाग्लुङ, लम्जुङ, कञ्चनपुर, रोल्पा, सल्यान लगायतका जिल्लामा भएको उपनिर्वाचनमा १७ स्थानमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी निर्वाचित भएको छ । पुरा पढ्नुहोस्
लोकप्रिय समाचार
कोहलपुर प्रहरीको ज्यादती, विद्यार्थीमाथि गोली प्रहार आइतवार, मंसिर २२, २०७६ 15645
ट्रकले विद्यार्थी कुल्च्यो, कोहलपुर तनावग्रस्त
थुनुवा नं १५: बाँके चिसापानी घटना
प्रहरीले खाने क्यान्टिमा आगजनी, डिएसपी शाही सहित दर्जन प्रहरी घाईते
कोहलपुरमा डिएसपी कुलदीप
भ्रममा नपर्नुस कर्फ्यु लागेको छैन: सहायक प्रमुख जिल्ला अधिकारी
कोहलपुर ठप्प, मानवअधिकारकर्मीको गाडी चलेन
हुम्लामा हिमपातः हवाई सेवा अवरुद्ध

हाम्रो ठेगाना

  • SADVAB GROUP Pvt.Ltd. , Nepalgunj, Banke, Nepal
  sadvabonline@gmail.com
  081-523226, 9851227660

विज्ञापनको लागि

  SADVAB GROUP Pvt.Ltd. , Nepalgunj, Banke, Nepal
  sadvabonline@gmail.com
  081-523226, 9858030660

अध्यक्ष : दामोदर भण्डारी

कार्यकारी सम्पादक: कमल न्यौपाने

©SetoKhari - 2019 All rights reserved.
Web Design by : SoftNEP