Navigation
  • गृहपृष्ठ
  • देश
  • राजनीति
  • समाज
  • अपराध-घटना
  • अन्तरवार्ता
  • विचार
  • बिजनेश
  • स्वास्थ्य
  • खेलकुद
  • सुचना-प्रविधि
  • मनोरञ्जन
  • विविध
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • युनिकोड
शनिवार, मंसिर २८, २०७६
  •  
  •  
Saturday, December 14, 2019 | शनिवार, मंसिर २८, २०७६
  • गृहपृष्ठ
  • देश
  • राजनीति
  • समाज
  • अपराध-घटना
  • अन्तरवार्ता
  • विचार
  • बिजनेश
  • स्वास्थ्य
  • खेलकुद
  • सुचना-प्रविधि
  • मनोरञ्जन
  • विविध
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • युनिकोड
६ करोड बढीकोे चरेशसहित चार महिला पक्राउ
उवासंघको निर्वाचन: वार्ता टोली गठन
औधोगिक क्षेत्र: गफ धेरै, काम थोरै
‘बम’ डिस्पोज गर्दा चरेश
महोत्सवको तयारी तीब्र
१८० बिघा सरकारी जमिन ३४ वर्षदेखि अतिक्रमित
अतिक्रमित जमिन खाली गर्न प्रशासनको निर्देशन
सोमै बहराईच चलान
बालिकालाई विद्यालय पठाउन निर्देशन
राजनीति
  • Home
  • News
  • ३२ स्थानको नतिजा सकियो: नेकपाको वर्चस्व (अपडेट)
३२ स्थानको नतिजा सकियो: नेकपाको वर्चस्व (अपडेट)
नेकपा १७, कांग्रेस ५, राजपा २, समाजवादी २ वडामा निर्वाचित
आइतवार, मंसिर १५, २०७६ सेतोखरी

नेपालगन्ज: बाँके सहित ५२ स्थानका लागि भएको उपनिर्वाचनको परिणाम आउन थालेको छ । ३७ जिल्लाका विभिन्न तहमा भएको निर्वाचनमा बाँके, गुल्मी, भोजपुर, खोटाङ, काभ्रे, बाग्लुङ, लम्जुङ, कञ्चनपुर, रोल्पा, सल्यान लगायतका जिल्लामा भएको उपनिर्वाचनमा १७ स्थानमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी निर्वाचित भएको छ ।

समाजवादीले सर्लाहीको हरिपुर्वा नगरपालिका–१ वडामा जित हात पारेको छ । हरिपुर्वामा समाजवादी पार्टीका श्यामबाबुले रायले ३४७ मत ल्याएर जितेकाछन् । निकटतम प्रतिस्पर्धी राजपाका रामविश्वास रायले ३२८ मत ल्याए । नेकपाका उमेदवार दोस मोहम्द अन्सारीले पनि उत्तिकै ३२८ मत ल्याएका थिए । चौथो भएको जनमत पार्टीले ५२ र पाँचौं काँग्रेस पार्टीले २३ मत ल्याएको छ ।

यस्तै पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ मा समाजवादी पार्टी विजयी भएको छ । समाजवादी पार्टीका रूपलालकुमार यादवले १ हजार ३१ मत ल्याए । प्रतिस्पर्धी काँग्रेससका असेशरप्रसाद यादवले ८११ मत पाए । नेकपाका उदयशङ्करप्रसाद रौनियारले २३२ मत पाए ।

बाराको गढिमाई नगरपालिका–२ मा पनि काँग्रेसस निर्वाचित भएको छ । त्यहाँ नेपाली काँग्रेसका उमेदवारले ४२९ मत ल्याउँदा नेकपाका उमेदवारले ३०२ मत प्राप्त गरे ।

यस्तै उपनिर्वानको मतपरिणाम अनुसार मध्य नेपाल चितवनको भरतपुर महानगरपालिका–१६ मा काँग्रेसका उमेदवार अमृतराज हमाल निर्वाचित भएका छन् । चितवनकै खैरहनी–५ मा काँग्रेसकै प्रतीमा कार्की निर्वाचित भएकी छन् । खैरहनी नगरपालिका–४ नम्बर वडाको उपनिर्वाचनमा पनि काँग्रेसकै उमेदवार देवबहादुर बस्नेत विजयी भए । उनले १ हजार १३८ मत ल्याएर नेकपाका बेदबहादुर अधिकारीलाई पराजित गरे । अधिकारीले ९८६ मत प्राप्त गरे ।

यो समाचार तयार पार्दासम्म प्राप्त मतपरिणाम अनुसार रेणु दाहाल मेयर निर्वाचित भएको भरतपुर महानगरपालिका–१६ मा नेपाली काँग्रेसका उमेदवार अमृतराज हमाल निर्वाचित उन्मुख छन् ।

राष्ट्रिय जनता पार्टीले महोत्तरीको मटिहानी नगरपालिका–६ मा जितेको छ । मटिहानी–६ मा राजपाका उमेदवार रामबाबु नायक विजयी भए । उनले ३०१ मत ल्याए । प्रतिद्वन्द्वी नेकपाका मोहम्मद जाकिर अन्सारीले २७१ मत ल्याउँदा काँग्रेसले दोहोरो अङ्क कटाउन सकेन । जम्मा २४ मत ल्यायो ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ को वडाध्यक्षको उपनिर्वाचनमा राजपा निर्वाचित भएको छ । राजपाकी प्रमिलादेवी यादवले ५४० मत ल्याएर नेकपाका उमेदवार अच्छेलाल यादवलाई पराजित गरिन् । अच्छेलालले ५२९ मत ल्याए । काँग्रेसले त्यहाँ दोहोरो अङ्क कटाउन सकेन । काँग्रेसका उमेदवार शिवनारायण मण्डलले १५ मत ल्याए ।

सङ्खुवासभाको खाँदबारी नगरपालिका–१३ मा नेकपाका उमेदवार भरतकुमार घिमिरे निर्वाचित भएका छन् । उनले काँग्रेसका उमेदवार विक्रम गुरूङलाई पराजित गरे । उनले ४६७ मत प्राप्त गरे ।

भोजपुरको पौवादुङ्मा नगरपालिका–१ मा नेकपाका उमेदवार जितेन्द्र राई निर्वाचित भए । उनले ६१९ मत ल्याए भने काँग्रेसका उमेदवार सम्मरबहादुर कार्कीले २५४ मत ल्याए ।

बाग्लुङ बडिगाड गाउँपालिका–२ मा नेकपाका उमेदवार ढालप्रसाद शेरचन ७०४ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी काँग्रेसका उमेदवारले ४१२ मत प्राप्त गरे ।

काठमाडौंको दक्षिणकाली नगरपालिका–३ को उपनिर्वाचनमा सत्तारूढ दल नेकपाका उमेदवार शिवभक्त बलामी निर्वाचित भएका छन् । उनले ६१८ मत प्राप्त गरे । काँग्रेसका उमेदवारले २७८, राप्रपा (संयुक्त)ले १०७ र राप्रपाले ७ र २९ मत बदर भएको बताइएको छ ।

धुलिखेल नगरपालिका–२ को उपनिर्वाचनमा पनि नेकपा विजयी भएको छ । नेकपा उमेदवार देवप्रसाद कोइरालाले ८६८ मत प्राप्त गरेका छन् । काँग्रेसका उमेदवार दर्णबहादुर खत्रीले ५८२, राप्रपा (संयुत्त)का उमेदवार बासु थापा ले ६ मत प्राप्त गरेका छन् ।

सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–८ को वडाध्यक्षको उपनिर्वाचनमा नेकपा विजयी भएको छ । रिक्त वडाध्यक्ष पदको उपनिर्वाचनमा नेकपाका उमेदवार केदारप्रसाद आचार्यले ७१२ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका राले तामाङले ४३१ मत प्राप्त गरे । पशुपति शमशेर नेतृत्वको राप्रपा (संयुक्त)ले १२, कमल थापा नेतृत्वको राप्रपाले ३ र ९ मत बदर भएको निर्वाचन आयोगले जानकारी दिएको छ । अघिल्लो निर्वाचनमा त्यहाँ काँग्रेस निर्वाचित भएको थियो ।

लम्जुङ सुन्दरबजार नगरपालिकामा नेकपाका उमेदवार विजयी भएका छन् । वडा नम्बर २ को रिक्त वडाध्यक्ष पदमा शनिबार भएको उपनिर्वाचनमा नेकपाका उमेदवार नवीन श्रेष्ठ विजयी भएका छन् । उनले ९९३ मत ल्याए । प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उमेदवार प्रकाश सेढाइँले ४८२ मत ल्याए । सोही निर्वाचनमा राप्रपाले १६ र स्वतन्त्र उमेदवारले १२ मत प्राप्त गरेका छन् । १० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

खोटाङको साकेला गाउँपालिका–३ मा पनि नेकपा निर्वाचित भएको छ । त्यहाँ नेकपाकी उमेदवार शिवकला राई विजयी भइन् ।
पूर्वी नवलपरासीको बौंदीकाली गाउँपालिका–५ मा पनि नेकपाका खिमबहादुर खरुमगर निर्वाचित भएका छन् । उनले ३६७ मत पाए भने प्रतिस्पर्धी काँग्रेसका तुलबहादुर रानाले २११ मत पाए ।

पुनर्वास नगरपालिका–३ मा पनि सत्तारूढ नेकपा नै विजयी भएको छ । खानेपानीमन्त्री बिना मगरको वडासमेत रहेको पुनर्वास–३ मा ९२४ मत खसेकामध्ये ५२८ मत ल्याएर कृष्णबहादुर तामाङ निर्वाचित भए । काँग्रेसका दीपबहादुर तामाङले ३९० मत प्राप्त गरे ।

अर्घाखाँची मालारानी गाउँपालिका–३मा काङ्ग्रेसका उमेदार शोभाखर खनाल निर्वाचि भएका छन् । उनले १ हजार १५९ मत प्राप्त गरे । नेकपाका उमेदवारले १ हजार ५३ मत पाएका छन् ।

यसअघि रोल्पाको विद्रोही थवाङमा नेकपा नै निर्वाचित भएको थियो । विरलै मताधिकार प्रयोग गर्ने विद्रोही उपनाम पाएको थवाङमा १५४ मत प्राप्त गरी नेकपाका जनकबहादुर बुढामगर निर्वाचित भएका थिए । प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कमलबहादुर रोकामगरले २६ मत प्राप्त गरेका थिए । यद्यपि त्यहाँका ८६ प्रतिशत मतदाताले मतदान नै गरेनन् ।

यस्तै उपनिर्वाचन अन्र्तगत रुरु गाउँपालिका– २ गुल्मीमा पनि नेकपा मतले निर्वाचित भएको छ । त्यहाँ गिरिप्रसाद सिञ्जाली ८०२ मत ल्याएर निर्वाचित भएका छन् । प्रतिस्पर्धी काँग्रेसका वेदप्रसाद दर्लामीले ७२७ मत ल्याए ।

त्यस्तै सल्यानको कुमाखमालिका गाउँपालिका–५ को वडाध्यक्ष निर्वाचनमा नेकपाका उमेदवार धर्मे बुढाथोकी निर्वाचित भएका छन् । कुल ११२४ मत खसेको मध्ये बुढाथोकीले ७९२ मत ल्याए भने निकटतम प्रतिस्पर्धी काँग्रेसका खडकबहादुर बुढाथोकीले २५१ मत ल्याएका छन् ।

यता बाँकेको कोहलपुर नगरपालिका–६को वडा अध्यक्षमा नेकपाका उम्मेदवार रामशरण थारु निर्वाचित भएकाछन् । कुल १ हजार ६ सय ३४ मत खसेको मध्ये थारुले ८ सय मत ल्याए भने निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका श्रीकृष्ण थारुले ७ सय ३६ मत पाए भने राप्रपाका श्रीधर सुवेदीले ६१ मत ल्याएका छन् ।

यस्तै काँग्रेसले बैतडीबाट विजयीको सुरूआत गरेको छ । बैतडीको सुनर्या गाउँपालिका–१ मा काँग्रेसका गजेन्द्रबहादुर चन्द ४ मत बढीले विजयी भएका छन् । उनले २१९ मत ल्याएर नेकपाका उमेदवारलाई पछि पारे ।

सुदूरपश्चिमको जिल्ला डोटीको आदर्श गाउँपालिका–२ मा नेकपाका उमेदवार रामबहादुर बोहोरा निर्वाचित भएका छन् ।

यसअघि काँग्रेसले जितेको प्रचार भएको बाजुराको त्रिवेणी गाउँपालिका–१मा नेकपाले जित हासिल गरेको छ । त्रिवेणी–१ मा नेकपाका उमेदवार मनराजे बुढाले ३६७ मत ल्याएर विजयी भए । काँग्रेसका उमेदवार खकेन्द्रबहादुर चदारले ३४७ मत पाए । नेकपाका उमेदवार २० मतको अन्तरमा विजयी भएका हुन् ।

डोटीको आदर्श गाउँपालिकामा नेकपाका उमेदवार रामबहादुर बोहोरा निर्वाचित भएका छन् । उनले काँग्रेसका महादेव साउदलाई पराजित गरे । साउदले ६५६ मत प्राप्त गरे । अबेर रातीसम्म प्राप्त उपनिर्वाचनको मतपरिणाम अनुसार ३२ स्थानको नतिजामा नेकपा १७, काँग्रेस ५, राजपा २, समाजवादी २ वडामा निर्वाचित भएकाछन् ।

 


प्रकाशित मिति: आइतवार, मंसिर १५, २०७६, ०४:१२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रियसभाको चुनाव माघ ९ गते
नवनिर्वाचित वडाअध्यक्ष थारुद्वारा पदभार
राप्रपाको दाउ लागेन
रामशरणको पहिलो सफलता
राजनीति
ढल्यो काँग्रेसको विरासत कोहलपुर–६, उपनिर्वाचन
64x64
आइतवार, मंसिर १५, २०७६ सेतोखरी
वडाध्यक्ष पदका लागि बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर–६, मा शनिबार भएको उपनिर्वाचनमा नेपाली काँग्रेसले आफ्नो विरासत गुमाएको छ । पुरा पढ्नुहोस्
राजनीति
कोहलपुरको वडाअध्यक्षमा नेकपाका रामशरण विजयी कोहलपुर–६, उपनिर्वाचन
64x64
आइतवार, मंसिर १५, २०७६ सेतोखरी
कोहलपुर नगरपालिकाको वडा नम्बर–६ को वडाध्यक्ष चयनका लागि भएको निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विजयी भएको छ । यसअघि यो वडामा नेपाली काँग्रेसका उम्मेद्वारले जितेका थिए । पुरा पढ्नुहोस्
लोकप्रिय समाचार
कोहलपुर प्रहरीको ज्यादती, विद्यार्थीमाथि गोली प्रहार आइतवार, मंसिर २२, २०७६ 15645
ट्रकले विद्यार्थी कुल्च्यो, कोहलपुर तनावग्रस्त
थुनुवा नं १५: बाँके चिसापानी घटना
प्रहरीले खाने क्यान्टिमा आगजनी, डिएसपी शाही सहित दर्जन प्रहरी घाईते
कोहलपुरमा डिएसपी कुलदीप
भ्रममा नपर्नुस कर्फ्यु लागेको छैन: सहायक प्रमुख जिल्ला अधिकारी
कोहलपुर ठप्प, मानवअधिकारकर्मीको गाडी चलेन
हुम्लामा हिमपातः हवाई सेवा अवरुद्ध

हाम्रो ठेगाना

  • SADVAB GROUP Pvt.Ltd. , Nepalgunj, Banke, Nepal
  sadvabonline@gmail.com
  081-523226, 9851227660

विज्ञापनको लागि

  SADVAB GROUP Pvt.Ltd. , Nepalgunj, Banke, Nepal
  sadvabonline@gmail.com
  081-523226, 9858030660

अध्यक्ष : दामोदर भण्डारी

कार्यकारी सम्पादक: कमल न्यौपाने

©SetoKhari - 2019 All rights reserved.
Web Design by : SoftNEP