शनिबार, असोज १०, २०७७   ०४:११:३९

अदितीको रोमान्स

नेपालगन्ज : मुम्बइमा रहेर मोडलिङमा व्यस्त नायिका अदिती बुढाथोकीले अभिनय गरेको एक पंजाबी गीतको भिडियो सार्वजनिक भएको छ ।

उनी अभिति उक्त म्यूजिक भिडियोले करिब २० लाख भ्यूज पाएको छ । यसका साथसाथै गीतमा अदितीको कामको पनि प्रशंसा भैरहेको छ ।

‘रुसिया लग्दानी’ बोलको गीतमा अदितीले राहुल लखनपालसँग रोमान्स गरेकी छिन् । यो गीतका गायक पनि राहुल आफै हुन् ।

गीतको भिडियोमा अदितीको राहुलप्रतिको प्रेमभाव देख्न सकिन्छ । अदितीले यसअगाडि पनि पंजाबी गीतको भिडियोमा काम गरिसकेकी थिइन । अदिती यो गीत सार्वजनिक भएसँगै उत्साहित छिन् ।