Navigation
  • गृहपृष्ठ
  • देश
  • राजनीति
  • समाज
  • अपराध-घटना
  • अन्तरवार्ता
  • विचार
  • बिजनेश
  • स्वास्थ्य
  • खेलकुद
  • सुचना-प्रविधि
  • मनोरञ्जन
  • विविध
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • युनिकोड
शनिवार, मंसिर २८, २०७६
  •  
  •  
Saturday, December 14, 2019 | शनिवार, मंसिर २८, २०७६
  • गृहपृष्ठ
  • देश
  • राजनीति
  • समाज
  • अपराध-घटना
  • अन्तरवार्ता
  • विचार
  • बिजनेश
  • स्वास्थ्य
  • खेलकुद
  • सुचना-प्रविधि
  • मनोरञ्जन
  • विविध
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • युनिकोड
६ करोड बढीकोे चरेशसहित चार महिला पक्राउ
उवासंघको निर्वाचन: वार्ता टोली गठन
औधोगिक क्षेत्र: गफ धेरै, काम थोरै
‘बम’ डिस्पोज गर्दा चरेश
महोत्सवको तयारी तीब्र
१८० बिघा सरकारी जमिन ३४ वर्षदेखि अतिक्रमित
अतिक्रमित जमिन खाली गर्न प्रशासनको निर्देशन
सोमै बहराईच चलान
बालिकालाई विद्यालय पठाउन निर्देशन
खेलकुद
  • Home
  • News
  • ८ विद्यालयका ३ सय ८ खेलाडी भिड्दै
८ विद्यालयका ३ सय ८ खेलाडी भिड्दै
ग्रासरुट फुटबल प्रतियोगिता–२०७६
शुक्रवार, मंसिर १३, २०७६ सेतोखरी

नेपालगन्ज : स्थानीय स्तरमा फुटबलको विकास गर्ने लक्ष्य सहित बाँकेमा शुक्रबार (आज) देखि ग्रासरुट फुटबल प्रतियोगिता–२०७६ हुदैछ ।
बाँके जिल्ला फुटबल संघको आयोजनामा उक्त फुटबल प्रतियोगिता हुनेभएकोछ ।

बाँकेका ८ वटा निजि विद्यालयका छात्रछात्रा उपाधिका लागि भिड्ने आयोजकले जनाएकोछ । प्रतियोगिता तीनवटा उमेर समूहमा विभाजन गरि हुनेछ । जसअन्र्तगत ८ देखि १० वर्ष उमेर समूह र १० देखि १३ वर्ष उमेर समुह तर्फ छात्र तथा ८ देखि १३ वर्ष समुहमा छात्राबीच खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

आयोजकका अनुसार एउटा विद्यालयको टिममा सात खेलाडी रहनेछन । बिहिबार मिडिया सेन्टर नेपालमा भएको पत्रकार सम्मेलनमा आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले प्रतिभावान खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ ग्रासरुट फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।

पत्रकार सम्मेलनमा बोल्दै उन भने–‘बालबालिकालाई सानै उमेरमा फुटबल खेल्ने सीप, फुटबल प्रति आकर्षण बढाउन ग्रास रुटले सहयोगी भूमिका खेल्छ । हरेक देशले यस्ता कार्यक्रम गर्नेगर्छ ।’

‘भविष्यमा फुटबलका राम्रा खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ प्रतियोगिता हुदैछ, बालबालिकाको हौसला बढाउन खेल हेर्न रङ्गशाला आइदिनुहोस् ।’ अध्यक्ष शाहीले अनुरोध गरे ।

ग्रासरुट प्रतियोगिताका लागि जिल्लाका दीपज्योती सेकेण्डरी स्कुल, चिसापानी, जनज्योती पब्लिक हाईस्कुल, कोहलपुर, नेपालगन्ज मोडेल एकेडेमी, नेपालगन्ज, ग्रिनपिस सेकेण्डरी स्कुल, कोहलपुर, जुनियर आइस्टाइन एकेडेमी, नेपालगन्ज, होप ईन्टरनेशनल एकेडेमी, नेपालगन्ज, स्टार फ्युचर स्कुल नेपालगन्ज र एविसी रेसिडेण्टल हाइ स्कुल नेपालगन्जका विद्यार्थीले सहभागिता जनाउदैछन् ।

यी विद्यालयमध्ये स्टार फ्युचर स्कुल नेपालगन्ज र एविसी रेसिडेण्टल हाइ स्कुल नेपालगन्जले ८देखि १३ वर्ष उमेर समूह छात्रातर्फको फुटबल प्रतियोगितामा सहभागिता जनाउदैनन् ।

प्रतियोगितामा ८ वटा विद्यालयका ३ सय ८ जना बालबालिका सहभागि हुने आयोजक बाँके जिल्ला फुटबल संघले जनाएकोछ । नेपालगन्ज रंगशालामा हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भैसकेको संघका अध्यक्ष शाहीले बताए ।

पत्रकारसम्मेलनमा बोल्दै एन्फा बाँकेका उपाध्यक्ष नागिन श्रेष्ठले यो प्रतियोगिताले फुटबलको संस्कृति र स्तर बढाउन सहयोग गर्ने बताए ।
पत्रकार सम्मेलनमा फुटबल प्रशिक्षक सानु तामाङ, एन्फाका पुर्व उपाध्यक्ष गोवद्र्धनसिंह सम्झना, एन्फा बाँके सचिव गोविन्द प्रसाद श्रेष्ठ, फुटबल प्रशिक्षक युवराज शाही, जनक केसी, प्रदेश नम्बर ५ ग्रासरुट म्यानेजर रामजीत चौधरीको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: शुक्रवार, मंसिर १३, २०७६, १२:११:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रदेशस्तरीय बुद्धिचाल हुदैं
क्रिसा रनिङ्ग शिल्ड जारी, सटपुटमा गोरखा प्रथम
एघारौं क्रिसा रनिङ् शिल्ड शुरू
नेपाल ५१स्वर्णसहित दोस्रो स्थानमा
खेलकुद
नेपाल ४१ स्वर्णसहित दोस्रो स्थानमा (नामावलीसहित) १३ औं साग प्रतियोगिता
64x64
शनिवार, मंसिर २१, २०७६ सेतोखरी
१३ औँ साग अन्तर्गत छैटौँ दिन नेपालले पाँच स्वर्ण जितेको छ । प्रतियोगिताको छैटौँ दिनसम्म पुग्दा नेपाल भारतभन्दा पदक तालिकामा दोब्बरपछि छ । पुरा पढ्नुहोस्
खेलकुद
पाँचौ दिन भारत नेपालभन्दा २२ स्वर्णले अगाडी १३ औं साग प्रतियोगिता
64x64
शुक्रवार, मंसिर २०, २०७६ सेतोखरी
नेपालमा जारी १३ औँ साग प्रतियोगिता अन्तर्गत नेपालले पाँचौ दिन बिहीबार सातवटा स्वर्ण जित्न सफल भएको छ । प्रतियोगिताको पहिलो र दोस्रो दिन पदक तालिकामा अग्रस्थानमा रहेको नेपाल पाँचौ दिनमा आईपुग्दा भारत भन्दा २२ स्वर्णले पछि परेकोछ । पुरा पढ्नुहोस्
लोकप्रिय समाचार
कोहलपुर प्रहरीको ज्यादती, विद्यार्थीमाथि गोली प्रहार आइतवार, मंसिर २२, २०७६ 15647
ट्रकले विद्यार्थी कुल्च्यो, कोहलपुर तनावग्रस्त
थुनुवा नं १५: बाँके चिसापानी घटना
प्रहरीले खाने क्यान्टिमा आगजनी, डिएसपी शाही सहित दर्जन प्रहरी घाईते
कोहलपुरमा डिएसपी कुलदीप
भ्रममा नपर्नुस कर्फ्यु लागेको छैन: सहायक प्रमुख जिल्ला अधिकारी
कोहलपुर ठप्प, मानवअधिकारकर्मीको गाडी चलेन
हुम्लामा हिमपातः हवाई सेवा अवरुद्ध

हाम्रो ठेगाना

  • SADVAB GROUP Pvt.Ltd. , Nepalgunj, Banke, Nepal
  sadvabonline@gmail.com
  081-523226, 9851227660

विज्ञापनको लागि

  SADVAB GROUP Pvt.Ltd. , Nepalgunj, Banke, Nepal
  sadvabonline@gmail.com
  081-523226, 9858030660

अध्यक्ष : दामोदर भण्डारी

कार्यकारी सम्पादक: कमल न्यौपाने

©SetoKhari - 2019 All rights reserved.
Web Design by : SoftNEP