कर्णाली चिनाउने ‘रारा म्याराथन’ स्थगित, नयाँ मिति छिटै सार्वजनिक गरिने


कर्णाली चिनाउने ‘रारा म्याराथन’ स्थगित, नयाँ मिति छिटै सार्वजनिक गरिने

नेपालगन्ज ९ बैशाख : लोकतन्त्र दिवसको अवसरमा आगामी वैशाख ११ गते हुने भनिएको ‘रारा म्याराथन’ स्थगित गरिएकोछ । आसन्न स्थानीय तहको निर्वाचनका कारण हाललाई म्याराथन स्थगित गरिएको रारा म्याराथन इभेन्ट्स संयोजक चक्रबहादुर चन्दले जानकारी दिए ।

उनले म्याराथन स्थगित भएको सूचना सामाजिक सञ्जालमार्फत समेत सार्वजनिक गरेकाछन् । रारा म्याराथनको पूर्व निर्धारित मितिमा स्थगन गरिएको र अर्को मिति छिट्टै जानकारी गराउने बताउँदै चन्दले म्याराथनमा सहभागिताका लागि नाम दर्ता भएकाहरूको सोही अनुसार हुने बताए ।

यसअघि पश्चिम नेपालको प्रमुख पर्यटकीय स्थल मुगुको रारा तालबाट शुरु हुने म्याराथन जुम्लामा समापन गर्ने तयारी गरिएको थियो ।

अन्तरालको आयोजना र व्यवस्थापनमा हुने यस म्याराथनबा विशेष गरि कर्णाली क्षेत्रको पर्यटन, साहसिक खेलकुद र हाइअल्टिच्युट स्पोर्टसको विकासमा कोशेढुँगा सावित हुने अपेक्षा गरिएको इभेन्ट्स संयोजक चन्दले बताए ।
‘यस क्षेत्रकै प्रमुख पर्यटकीय गन्तब्य रारा ताल र यस क्षेत्रको पर्यटकीय स्थललाई विश्वमा परिचित गराउन रारा म्याराथन महत्वपुर्ण हुनेछ, संयोजक चन्दले भने,‘खेलकुद विकास त मुख्य उद्देश्य हो नै यसले विशेषगरी कर्णाली प्रदेशका प्रतिभावान खेलाडीहरुलाई आफ्नै ठाउँमा क्षमता देखाउने अवसर मिल्नेछ ।’

Kanti Aarogya Hospital Nepalgunj

अन्तराल इभेन्ट व्यवस्थापनमा मोफसलकै अग्रणी संस्था हो । १५ वर्ष देखी अन्तरालले खेलकुद, गीत संगीत, डकुमेन्ट्री निर्माण, पुस्तक प्रकाशन लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।

विश्व किर्तिमानी खेलाडी धावक हरिबहादुर रोकायाको जीवनीमा आधारित डकुमेन्ट्री ‘हरि बहादुर’ निर्माण गरेको अन्तरालले जनआन्दोलन सम्बन्धी पुस्तक ‘जनता उठेपछि’ प्रकाशन गरेको छ ।

नेपालगन्ज गोल्डकप फुटबलको व्यवस्थापन गर्दै आएको अन्तरालसँग अन्तर बैंक फुटबल, इन्डो नेपाल गेम्स, दोस्रो राष्ट्रिय बिच भलिबल लगायतका खेलकुद र ठुला कर्पोरेट इभेन्ट्समा व्यवस्थापन सम्हालेको अनुभव छ ।

यसैगरी पश्चिम नेपालको पर्यटन, फोटोग्राफीको विकासका लागि लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश समेटी नेपालगन्ज फोटो फेस्टिवल, नेपाल इन्डिपेन्डेन्ट फिल्म फेस्टिवल र नेपाली राष्ट्रिय झण्डा महोत्सव गर्दै आएको छ ।

स्थानीय तह निर्वाचनका कारण स्थगित भएको रारा म्याराथनलाई खेलकुद पर्यटन र नेपाली भाषा, संस्कृतिको उद्गम थलो सिंजा(जुम्ला), कर्णाली प्रदेश र सिंगो पश्चिम नेपाल झल्किने गरी भव्यता दिइने अन्तरालकी सञ्चार अधिकृत स्नेहा केसीले बताइन् ।

म्याराथनमा सहकार्य र सहभागिताका लागि अन्तरालले सबैंसँग आग्रह गरेको छ । आयोजकले केही दिनमा रारा म्याराथनको नयाँ कार्यतालिका सार्वजनिक गर्ने तयारीमा जुटेको समेत अन्तरालकी सञ्चार अधिकृत स्नेहाले जानकारी दिइन् ।

यसअघि रारा म्याराथनको सद्भावना दूतमा मिरा राईलाई अनुबन्धित गरिएको थियो । कीर्तिमानी अल्ट्रा म्याराथन धाविका मिरा रारा म्याराथनको सद्भावना दूत(गुडवील एम्वासडर) भएसंगै रारा म्याराथनमा समेत सहभागी हुनेछिन् ।

मिरा राई विश्व एथलेटिक्स जगतमा साहसिक नेपाली ट्रेल तथा स्काई रनरका रुपमा परिचित एथलेट हुन् । दर्जनौं अन्तराष्ट्रिय प्रतियोगितामा सहभागि भएर पदक जित्न सफल मिरा सन् २०१७ को ‘नेसनल जोग्रफी एडभेन्चर अफ द एयर’ समेत विजेता हुन् ।

रारा म्याराथनका अध्यक्ष जयनारायण शाहले मिरा राई जस्तो कीर्तिमानी धाविकालाई सद्भावना दूतको रुपमा पाउँदा रारा म्याराथनको उचाई बढेको बताए । उनले भने, ‘मिरा राई जस्तो व्यक्तित्व, जसको जीवनयात्रा सुन्दा दन्त्यकथा जस्तो लाग्छ । उहाँको अनुभव, साहस र अन्तराष्ट्रिय अनुभवबाट नयाँ खेलाडीले धेरै कुरा सिक्नेछन् ।’

थप समाचार

रारा म्याराथनको सद्भावना दूतमा मिरा राई अनुबन्धित

‘रारा म्याराथन’ वैशाख ११ मा