बैजनाथमा अबैध रुख कटान

जिल्ला वनले छानविन थालेपछि रुखका ठुटा लुकाउन थालियो


जिल्ला वनले छानविन थालेपछि रुखका ठुटा लुकाउन थालियो

जिल्ला वनले छानविन थालेपछि डोजर लगाएर रुखका ठुटा लुकाइदै । तस्विर : विजय मल्ल /सेतोखरी

रामपुर (बाँके) : सामुदायिक वनमा अबैधरुपमा काटिएका रुखका ठुटा लुकाउन डोजर लगाएको पाइएकोछ ।  डिभिजन वन कार्यालय बाँकेले कारबाही प्रकृया अघि बढाएपछि कारबाहीबाट बच्न रुखविरुवा काट्ने समुहले डोजर प्रयोग गरि अबैधरुपमा काटिएका रुखविरुवाको ठुटा हटाएको हो ।

डिभिजन वनलाई थाहा नदिई सामुदायिक वनमा रहेका रुखहरु अबैध रुपमा काटिएको समाचार सार्वजनिक भएपछि डिभिजन वन कार्यालय बाँकेले कारबाही प्रकृया अगाडी बढाएको थियो ।

जिल्ला वनले छानविन थालेपछि डोजर लगाएर रुखका ठुटा लुकाइदै । तस्विर : विजय मल्ल /सेतोखरी

डिभिजन वन कार्यालय बाँकेले वन फँडानी भएको स्थलमा पुगेर मुचुल्का उठाई सामुदायिक वनलाई स्पष्टिकरणसहितको पत्र दिदै तत्तकाल केही पनि नगर्न निर्देशन दिएको थियो । तर, डिभिजन वनले निर्देशन दिएकै दिन उक्त समुहले डोजर प्रयोग गरि काटिएका रुखका ठुटा उखेलेर लुकाएको छ ।

कोरोना भाइरस माहामारीका बेला गाउँपालिका र क्याम्पसको भवन निर्माण गर्ने भन्दै केही समयअघि बैजनाथ गाउँपालिका वडा नम्बर ५ रामपुर स्थित नवदुर्गा भगवती सामुदायिक वन क्षेत्रमा ठूलो मात्रामा रुखविरुवा काटिएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj
सामुदायिक वन फडानी गरेर बैजनाथ गाउँपालिकाले निमार्ण गरेको प्रयोगविहिन सभा हल । तस्विर : विजय मल्ल /सेतोखरी

सामुदायिक वनमा काटिएको रुखविरुवाको ठुटा उपभोक्ता समिति र गाउँपालिको अग्रसरतामा डोजर लगाएर उखेलेको एक स्थानीयले बताए ।
सेतोखरीसंग कुरा गर्दै उनले भने–‘केही ब्यक्तिहरु आए डोजर लिएर वन भित्र पसे । वन भित्र के हुन लाग्यो भनेर हेर्न गएको त काटिएका रुखविरुवाका ठुटाहरु उखेलिरहेका रहेछन् ।’ उनले अगाडी थपे–‘उनीहरुले वरीपरिको झारपात, घाँस हटाउदै माटो सम्याउन लागेको जस्तो गरे । तर, रुखविरुवाका ठुटा उखेल्दै व्यवस्थापन गरे ।’

यसविषयमा बुझ्दा डिभिजन वन कार्यालय बाँकेका प्रमुख राजु क्षेत्रीले सामुदायिक वनलाई स्पष्टिकरणसहितको पत्र दिदै तत्तकाल केही पनि नगर्न निर्देशन दिएको बताए । उनले भने–‘उक्त घटनाका विषयमा सामुदायिक वनसंग कागजात मागी डिभिजन वनले बयान लिने तयारी गरेको बताए ।’

सामुदायिक वनमा अबैधरुपमा काटिएको रुखका ठुटा । तस्विर: विजय मल्ल /सेतोखरी

डोजर लगाएर सामुदायिक वनमा काटिएका रुखविरुवाका ठुटा लुकाएको भन्ने विषयमा जानकारी आएको बताउँदै उनले भने ‘सो क्षेत्रमा तत्काल केही नगर्न नगराउन पत्र पठाइसकेको भएपनि डिभिजन वनको निर्देशन विरुद्ध अटेरी गरि डोजर चलाएको विषयमा तत्तकाल छानविन गर्न घटना स्थल टोली पठाएका छौं । अनुसन्धानबाट दोषी ठहरिए कानूनी कारबाही हुन्छ ।’

सामुदायिक वनले फडानी गरेको उक्त क्षेत्रमा बैजनाथ गाउँपालिकाको कार्यालय र शुभ प्रभात बहुमुखी पब्लिक क्याम्पसको भवन निर्माण गर्ने तयारी छ । कोरोना भाइरस महामारीको मौका छोपेर केही समयअघि करिब एक विघा क्षेत्रफलमा रहेका अकासे, सागुन, सिसौं लगायत बहुमूल्य प्रजातिका ठूलो परिमाणका रुख, विरुवा अबैध रुपमा काटि गुपचुपमै समुहले ब्यवस्थापन गरिसकेको बुझिएकोछ ।

वन समूहले काटेका रुखलाई तत्कालै ‘ब्यवस्थापन’ गरिएपनि रुखका ठुटा भने अहिले ताजै छन् । काटिएका काँचो रुखका ठुटाबाटै प्रष्ट हुन्छ, कि त्यहाँ कत्रा र कति संख्यामा रुख, विरुवा हुर्किरहेका थिए । रुख काटिएको स्थान अहिले उजाड जस्तै बनेको छ । वरिपरी घना जङ्गल भित्र वन काटिएको बाहिरबाट सजहै देखिदैन । जसका कारण सो क्षेत्रमा आउने जोकोहीले पनि त्यहाँको रुखविरुवा नकाटेको बुझ्दछ ।

सामुदायिक वनमा अबैधरुपमा काटिएको रुखका ठुटा । तस्विर : विजय मल्ल /सेतोखरी

पूर्वपश्चिम राजमार्गदेखि उत्तरतर्फ ७ किलोमिटर भित्र बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर– ५ रामपुरमा रहेको नवदुर्गा भगवती सामुदायिक वन क्षेत्रका ती रुख विरुवा बैजनाथ गाउँपालिकाकै अग्रसरतामा काटिएको हो ।

साढे ६ सय उपभोक्ता रहेको उक्त समूहले यसअघि भेलामार्फत बैजनाथ गाउँपालिकाको कार्यालय र शुभ प्रभात बहुमुखी पब्लिक क्याम्पस निर्माणका लागि सामुदायिक वनको ११ विघा क्षेत्रफल उपभोग गर्न दिने निर्णय गरेको भएपनि रुख विरुवा काट्दा डिभिजन वन कार्यालयसँग स्वीकृती भने लिइएन । सोही निर्णय बमोजिम गाउँपालिकाले त्यहाँको रुखविरुवा काटेको हो ।

सामुदायिक वन क्षेत्र कुल ५२.६३ हेक्टरमा करिव ५ हेक्टर जमिनमा गाउँपालिका र क्याम्पस बनाउन उपभोक्ता समुहले निर्णय गरेको बुझिएकोछ ।

यो पनि पढ्नुहोस्

जिल्ला वनले बैजनाथ रुख कटानको छानविन थाल्यो

जिल्ला वनलाई थाहा नदिई बैजनाथमा रुखहरु काटिए