बैंक म्यानेजरसँगको डेटिङ्ले युवतीको ज्यान गयो


बैंक म्यानेजरसँगको डेटिङ्ले युवतीको ज्यान गयो

नेपालगन्ज : बैंक म्यानेजरसँगको डेटिङ्ले एक युवतीको ज्यान जान पुगेको छ । दुर्घटना झन्झन् रहस्यमय बन्दै गइरहेको छ । भित्री रहस्यहरु एकपछि अर्को गर्दै खुल्दैछन् । मोजमस्तीमा निस्किएका उनीहरुलाई के थाहा यस्तो हुन्छ भन्ने । घरपरिवार छलेर डेटिङ्मा निस्किएका उनीहरु अन्तत्ः दुर्घटनामा परे । यस सम्बन्धि अध्ययन अनुसन्धान गर्दै सेतोखरी टिम अगाडी बढीरहेको छ ।

डेटिङ्की मुख्य योजनाकार थिइन् राप्रपा बाँकेकी नेतृ विन्दु चर्तीमगर, अनि थिए राष्ट्रिय वाणिज्य बैंक धम्बोझी शाखाका म्यानेजर विनोद पाण्डे । दुवैको सल्लाहमा लगिएको थियो अन्जान एक युवती संगिता मगरलाई । संगिताका श्रीमान विदेशमा रोजगारी गर्छन् ।

२०७७ पुष १५ गते दिउँसो उनीहरु डेटिङ्मा निस्किएका थिए । अफिसियल काममा जहाँ जाँदापनि कार्यालयकै ड्राइभर लिएर हिंड्ने गरेका म्यानेजर पाण्डेले त्यस दिन वाणिज्य बैंकको बा १८ च ३६८६ नम्बरको गाडी डेटिङ्मा त लिएर गए तर, ड्राइभरलाई लगेनन्, गाडी आफै चलाएर लगे ।

पुष १५ गते बाहिर निस्कने कार्यक्रम बैंक म्यानेजर पाण्डे र राप्रपा नेतृ विन्दुको केही दिन अघिनै फिक्स थियो । युवती भनेपछि भुतुक्कै हुने म्यानेजर पाण्डेले केही साथीसँग १५ गते आफु व्यस्त रहेको र बाहिर जान लागेको बताएका थिए भने विन्दुले पनि आफ्ना नजिकका संगिनीहरुसँग १५ आफु बाहिर जान लागेकोले कहिं सहभागि हुन नसक्ने बताएकी थिइन् ।

Kids Festival 2022
kanti aarogya hospital

योजनाबद्ध रुपमा बैंक म्यानेजर पाण्डे र विन्दुले संगितालाई गाडीमा राखेर लिएर गए । विन्दु र म्यानेजर पाण्डेबिच नजिक सम्बन्ध थियो । माछा होस् वा बँदेलको मासु मिठो खानेकुरा विन्दुले म्यानेजरको क्वाटरमै पुर्याउँथिन । विन्दुकै आग्रहमा म्यानेजर पाण्डेले संगिताकी छोरीलाई वाणिज्य बैंकमा इन्टर्नसिपमा समेत राखिदिएका थिए ।

उनीहरु पुष १५ गते दिउँसो नेपालगन्जबाट निस्किए । विन्दु र संगितासँग बैंक म्यानेजर पाण्डेको कुनै नाता पर्दैन न एउटै गाउँ ठाउँका नै हुन् । बैंक म्यानेजर दाङ निवासी हुन् भने विन्दु र संगिता राझाँ निवासी हुन् ।

अफिसियल हिसाबले ऋण लगानी गर्नका लागि कहिं जग्गा हेर्न जान लागेका हुन् भन्ने मान्ने हो भने पनि विन्दु र संगिताको जग्गा जमिन शम्शेरगन्ज उता कहिं छैन । नातेदार सोच्ने हो भने बैंक म्यानेजरसँग उनीहरुको कुनै नाता पर्दैन । एउटै गाउँ ठाउँका दिदी बहिनी सोच्ने हो भने एउटै ठाउँका पनि होइनन् उनीहरु ।

सधैं बाहिर जाँदा बैंकको ड्राइभरलाई लिएर जाने बैंक म्यानेजरले किन त्यसदिन आफैंले चलाएर गाडी लगे त ? दिन ढल्कन लाग्दा विन्दु र संगितालाई लिएर किन निस्किय त म्यानेजर पाण्डे ? यसैले धेरै कुरा स्पष्ट पार्छ ।

डेटिङ्मा निस्किएका उनीहरु अगैया हुँदै राप्तीपारी बैजापुर पुगेका थिए । त्यहाँ वाणिज्य बैंकको कार्यालय सहयोगीको घर छ । मासु र मदिरा पियर उनीहरु त्यसै दिन राती फर्कदै थिए ।

पहिलेकै योजना अनुरुप बैंक म्यानेजर पाण्डे र विन्दुको ढकेरी बस्ने, खाना खाने र रमाइलो गर्ने भन्ने थियो । प्रहरीका अनुसार, म्यानेजर पाण्डेले शम्शेरगन्जका हार्डवेयर व्यापारी (जसले वाणिज्य बैंकबाट कर्जा लिएका छन्) एकराज खड्कालाई फोन गरेर ढकेरीमा खाना र बस्नका लागि बन्दोवस्त मिलाउन भनिसकेका थिए ।

ढकेरी पुग्न ४ किलोमिटर बाँकी रहँदा उनीहरु चढेको गाडी दुर्घटनामा पर्यो । बैंक म्यानेजर पाण्डे, योजनाकार विन्दु र युवती संगिता डेटिङ्बाट फर्कने बेला पूर्वी दिशाबाट आइरहेको वाणिज्य बैंकको खैरो रङ्गको टाटासुमो गाडी र पश्चिमबाट पूर्व गइरहेको ट्रक रातीको ८ बजेतिर बाँकेको शम्शेरगन्ज नजिक एक आपसमा ठोक्किन पुगे ।

स्थानीय प्रत्यक्षदर्शीलाई हवाला दिंदै शम्शेरगन्ज प्रहरी भन्छ ‘टाटासुमो गाडी तीब्रगतीमा गुडेको र अन्य गाडीहरुलाई ओभरटेक गर्दै अगाडी बढेको थियो ।’ ट्रकसँग ठोक्किएको बैंकको टाटासुमो गाडी कच्याककुचुक भएको छ । विन्दुसँग गएकी संगिताको दुर्घटनामा मृत्यु हुन पुग्यो । अनाहकमा उनले ज्यान गुमाउनु पार्यो ।

विन्दुको टाउकोमा गम्भीर चोट लागेको छ भने बैंक म्यानेजर पाण्डेको हात र कुममा चोट लागेको छ । बैंक म्यानेजर पाण्डेको नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा १०१ नम्बर क्याविनमा उपचार भइरहेको छ भने विन्दुको १०३ क्याविनमा उपचार भइरहेको छ । ट्रक चालकले तीब्र गतीमा आइरहेको टाटासुमोले गलतदिशामा आएर ट्रकमा ठोक्किन आएको ट्रक चालकले प्रहरी समक्ष बयान दिएका छन् । गल्ति नभएको ट्रकलाई ७ लाख तिराइएकोछ । यस बिषयसँग जोडिएका थुप्रै तथ्य सहित अर्को भाग पढ्न नछुटाउनु होला ।

बैंक म्यानेजर पाण्डे गाडी दुर्घटना भएको दिन आफू अफिसको कामले फिल्ड गएको बताएका छन् । सेतोखरीसंग टेलिफोनमा कुरा गर्दै उनले भने–अफिसियल कामले कृषि फर्म हेर्न गएको थिए । ड्राईभर कूल पूजामा गएका कारणले म आफैले गाडी चलाएर गएको थिएँ ।

यता विन्दू चर्तीमगरले यस विषयमा आफू केही भन्न नचाहेको बताउँदै सो दिनको घटना सपना जस्तो भएको बताईन । ‘म अझै शोकमा छु । कुरा गर्न चाहन्न ।’ सेतोखरीको आग्रहमा उनले अगाडी थपिन ‘गाडी दुर्घटना भएको कुराको बास्तविकता मलाई थाहा छ कि भगवानलाई थाहा छ । मैले त्यहाँ जग्गा लिजमा लिएको थिए । त्यही हेर्न गएको हो । डेटिङ गएको कुरा हावा कुरा हो ।’

यो पनि पढ्नुहोस् ।

वाणिज्य बैंकका म्यानेजर र विन्दु चर्ती चढेको जिप दुर्घटना, एक जनाको मृत्यु