कल्पनाको जीवनमा अकल्पनिय घटना

हराएका श्रीमान १७ दिनपछि मृत भेटिए


कल्पनाको जीवनमा अकल्पनिय घटना

सम्पर्कविहीन भएका श्रीमानको खोजीमा प्रहरीले चासो नदिएपछि पत्रकार सम्मेलन गर्दै ७ वर्षिय छोरा सहित कल्पना । तस्विर: सेतोखरी

नेपालगन्ज १ फाल्गुन : बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर –२ खोरियाकी कल्पना ओली १७ दिनदेखि श्रीमानको खोजीमा थिइन् । माघ १४ गतेदेखि सम्पर्कविहीन भएका २८ वर्षिय श्रीमान हेमराज खत्रीको खोजी गरिरहेकी कल्पनाले १७ दिनमा श्रीमान पाए तर, मृत ।

श्रीमान सम्पर्कविहिन भएकै दिनदेखि श्रीमान(हेमराज)को खोजीका लागि ईलाका प्रहरी कार्यालय कोहलपुरमा किटानी जाहेरी दिदैं श्रीमान खोज्न पहल समेत गरेकी थिइन् ।

श्रीमान जानसक्ने सम्भावित ठाउँहरु आफु र आफन्तसंग खोजी गर्दा गर्दै थाकेकी कल्पनाले श्रीमान भेटाउने आशामा थिइन् । तर, कल्पनाले कल्पनै नगरेको घटना घट्यो । श्रीमान हराएको १७ औं दिनमा भेटाएको श्रीमानको शवले यतिबेला उनी र उनको परिवार स्तब्ध भएकाछन् ।

श्रीमानको खोजीका लागि प्रहरी प्रशसान गुहार्दा समेत वेवास्ता गरिएपछि उनले माघ २८ गते नेपालगन्जका पत्रकारसंग आफ्ना कुरा राखेकी थिइन् । ७ वर्षिय छोरा सुजनसहित यही बुधबार नेपालगन्जमा पत्रकारसंग कुरा गर्दै कल्पनाले प्रहरीद्वारा असहयोग भएको बताएकी थिइन् ।

Kanti Aarogya Hospital Nepalgunj

जीवित श्रीमान भेटिने आशामा रहेकी कल्पनाको २०६९ सालमा हेमराजसंग विहे भएको थियो । बिहेपश्चात राप्तीसोनारी गाउँपालिका वडा नम्बर– ५ की एक युवतीसंग प्रेम सम्बन्धमा रहेको दावि गर्दै कल्पनाले ती युवतीमाथि अनुसन्धान गर्न प्रहरीले आनाकानी समेत गरेको पत्रकार सम्मेलनमा जनाएकी थिइन् ।

माघ १४ गते कुखुराको औषधी लिन नेपालगन्ज हिँडेका हेमराज सोहीदिन दिउँसोदेखि सम्पर्क विहीन बनेका थिए । खोरियामा कचना पोल्ट्री फर्म खोलेर कुखुरा ब्यवसाय गर्दै आएका हेमराज एकाएक सम्पर्क विहिन भएपछि उनको ज्यानलाई लिएर परिवार तथा आफन्त चिन्ता ब्यक्त गरेकै तीनदिनमा हेमराज मृत भेटिएका हुन् ।

राप्ती सोनारी गाउँपालिका वडा नम्बर– ५ बिनौनास्थित टडुवाको जंगलमा श्रीमान हेमराजको शव फेला परेको हो । टडुवा गाउँका स्थानीय महिलाहरु घाँस काट्न जंगल गएका बेला बेवारिसे मोटरसाइकल देखेपछि नजिकैको प्रहरीमा खबर गरेका थिए ।

प्रहरी पुगेर मोटरसाइकल स्थल वरिपरि खोजेपछि खत्रीको शव नजिकै फेला परेको ईलाका प्रहरी कार्यालय धामपुरका प्रहरी सहायक निरीक्षक फत्तेसिंह थारुले जानकारी दिए । शवको अवस्था हेर्दा करिव ८–१० दिन अगाडी मृत्यु भएको हुन सक्ने उनले बताए ।

‘शव कुहिन लागेको अवस्थामा छ, अनुहार पुरै कालो भएको छ,’ इन्चार्ज थारुले भने । खत्रीको शव फेला परेपछि परिवारलाई खबर गरिएको चौधरीले जानकारी दिए ।
यता हेमराजकी भान्जि दुर्गा खड्काले मामा हराएपछि माघ १६ गते नै ईलाका प्रहरी कार्यालय कोहलपुरमा निवेदन दर्ता समेत गराएको बताईन् ।

उनले भनिन्– ‘मामा(हेमराज) मोटरसाईकलसहित सम्पर्क विहीन हुनुभयो । शंका लागेको गाउँठाउँ, जङ्गल सम्भावित सबै ठाउँ खोजी ग¥यौं तर, मामा भेटिनु भएन । प्रहरीले पनि बेवास्ता गरिरह्यो ।’ उनले भनिन्–‘प्रहरीले समयमै तदारुक्ता देखाएको भए । मामालाई बचाउन सकिन्थ्यो । तर सकिएन ।’

यो पनि पढ्नुहोस्

श्रीमानको खोजीमा दुई सातादेखि भौतारिदैँ कल्पना