प्रधानन्यायाधीशको अडानका अगाडी बार ‘नतमस्तक’, ‘अल्टिमेटम’ सकियो राजीनामा आएन


प्रधानन्यायाधीशको अडानका अगाडी बार ‘नतमस्तक’,  ‘अल्टिमेटम’ सकियो राजीनामा आएन

नेपालगन्ज २२ कार्तिक : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको चट्टानी अडानका अगाडी बार नतमस्तक भएकोछ । प्रधानन्यायाधीश जबराले विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको भन्दै नेपाल बार एशोसिएसनले उनको राजीनामा माग्दै विरोधमा उत्रिएको छ ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै यही कार्तिक १२ गते बसेको बारको बैठकले जबरालाई प्रधानन्यायाधीश पदबाट राजीनामा दिन पाँच दिनको समयसी(अल्टिमेटम)दिने निर्णय गरेको थियो । तर, जबराको चट्टानी अडानका अगाडी बारको केही लागेन । अल्टिमेटम सकिएको ५ दिन वितिसक्दा पनि अहिलेसम्म जबराले राजीनामा दिएका छैनन् ।

प्रधानन्यायाधीश जबरालाई बारले दिएको अल्टिमेटम सकिदा पनि राजीनामा नआएपछि बार नतमस्तक बनेकोछ । नतमस्तक बनेको बारले पुनः प्रधानन्यायाधीश चोलेन्द्रको राजीनामा माग्दै आज पनि प्रदर्शन गरेका छन् ।

नेपाल बार एशोसिएसनबाट वकिलहरूले कालो ब्यानरसहित प्रदर्शन शुरु गरेका छन् । बारबाट सर्वोच्च अदालत प्राङगणमा पुगेर एक घण्टा धर्ना दिने कार्यक्रम रहेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

वकिलहरूले तिहारअघिसम्म बारको नेतृत्वमा विरोध कार्यक्रम गरेका थिए । तिहारपछि नयाँ कार्यक्रम घोषणा गर्ने तयारी गरेको बारले आज प्रदर्शनलाई निरन्तरता दिएको हो ।

यसअघि नै प्रधानन्यायाधीश जबराले सडकबाट उठेका विषयमा राजीनामा गर्ने हो भने न्याायलय नबच्ने तर्क गरेका थिए । उनले ‘म संवैधानिक प्रक्रियाबाट आएको हुँ । यत्तिकै राजीनामा दिने कुरा हुँदैन’ बताएका थिए ।

प्रधानन्यायधीश राणाले कसैको ‘दबाव र प्रभावमा’ पद त्याग नगर्ने भन्दै ‘न्यायपालिकालाई लथालिङ्ग पारेर नजाने र यसमा आफू प्रष्ट रहेको समेत बताउँदै आएकाछन् । उनले आफू विधि र प्रक्रियाबाट आएको र विधि र प्रक्रियाबाट जान तयार रहेको समेत बताउँदै आएकाछन् ।

मन्त्रिपरिषद् भागबण्डा मागेको लगायतका विषयमा प्रधानन्यायाधीश राणालाई विवादमा तानिएको छ । राजीनामा गर्न उनलाई चौतर्फी दबाब छ ।

यो पनि पढ्नुहोस्

प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन नेपाल बारको अल्टिमेटम, चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा

सडकबाट उठेका विषयमा राजीनामा गर्ने हो भने न्यायालय बच्दैन, म राजीनामा दिन्न : प्रधानन्यायाधीश जबरा

प्रधानन्यायाधीश जबरालाई विवादमा ल्याउने मुख्य कारण यो हो