जनता किन धवलसंग नजिक

परिर्वतन चाहने जनताले आफ्नो मन र मत बदल्नुपर्छ : राणा


जनता किन धवलसंग नजिक

नेपालगन्ज २८ कार्तिक: राणा खानदानमा जन्मिएका डाक्टर धवल शम्शेर राणाको स्वभाव सरल छ । उनी सामान्य मान्छेसँग पनि गजब्बले घुलमिल हुन सक्छन् । उनको व्यक्तित्व, बोलीचाली सबैलाई मन पर्छ । सबै जात, धर्म, सम्प्रदायको विकास र जनताको उन्नति प्रगति उनको नारा नै छ । सबैलाई समानरुपमा हेर्नु नै उनको खासियत हो ।

उनी भन्छन् ‘म माननीय र मन्त्री हुन निर्वाचनमा उठेको होइन, असल र शब्य समाज निर्माण गर्न हो ।’ लोकतन्त्रमा सबैको सम्मान, आफ्नो गाउँको भविष्य, जनताको भविष्य र देशको भविष्य निर्धारण गर्न जनताले आफ्नो मन र मत बदल्नु पर्ने बेला आएको उनको भनाई छ ।

देशभर एक भ्रष्ट्राचार विरोधी नेताको रुपमा परिचित डाक्टर धवलले जहिले पनि राजनीतिक विकृतिको अन्त्य गर्दै जनता सुख शान्तिले बाच्न पाउँने वातावरण निर्माण गर्नु आफ्नो दायित्व भएको उनी बताउँछन् । नेपालगन्जमा २ पटक मेयर बनेका धवलले आफ्नो कार्यकालमा कामको परीक्षा पास गरिसकेको स्थानीयहरु बताउँछन् ।

उनीहरुले नेपालगन्जको मुहार फेरिनुमा धवलको ठूलो हात रहेको बताउँदै भन्छन् –‘उहाँ(धवल) काम गरेर देखाउने मान्छे हो । अब नेपालगन्जका साथै डुडुवा क्षेत्रको विकास पनि समानरुपमा हुने विश्वास छ ।’

Kanti Aarogya Hospital Nepalgunj

होटल व्यवसाय मात्र होइन उनी कृषिमा पनि आवद्ध भएकाले व्यवासायी र कृषकहरुको पीर मर्का आफ्नै पीरमर्का सम्झिने डाक्टर धवलले आफ्नो घोषणापत्रमा मलखादको व्यवस्थापनका लागि उद्योग नै सञ्चालन गरिने बताएका छन् ।

बैंकहरुले चर्को व्याज व्यवसायीहरुलाई लादेका कारण व्यवसायीहरुको आन्दोलनमा स्वयम उनी हाजिर भएका थिए । उनकै पालामा नेपालगन्जका अधिकांश ठाउँहरुमा सडकको कालोपत्र, नाला निर्माण, बसपार्क, वाटरपार्क, रानीतलाउ, कान्ति तालको मुहार फेरेका छन् ।

त्यस्तै फोहोर व्यवस्थापन केन्द्र, नगरपालिकाको भवन निर्माण लगायतका कुरालाई उनले कार्यान्वयन गरेको सबैले झर्लङ देखेको स्थानीयको भनाई छ । धवलको सरल स्वभाव र उनले गरेका कामको आधारमा प्रतिनिधिसभाका लागि उनी नयाँ अनुहार भए पनि आशाका केन्द्र विन्दु हुन स्थानीय बताउँछन् ।

नगरभवनको शुरुवात, महिला कलेजको स्थापना र शुरुवाती, कोभिडको महामारीमा नाकामा होल्डिङ सेन्टर स्थापना, भेरी अस्पतालमा बिरामीलाई खानामा सहुलियत, नगर क्षेत्रका जनताका लागि मात्र नभई देशका जुनसुकै ठाउँका मानिसलाई पनि क्वारेनटाइनमा बस्ने व्यवस्था खानाको व्यवस्थापन चुस्तदुरुस्त त्यसैगरी आइसोलेसन वार्ड स्थापना गरी उपचार सेवा राहत वितरणका साथै अक्सिजनको सुलभ उपलब्ध गराईको थियो ।

दुई पटकसम्म हटस्पट हुँदा पनि स्थानीयतहको प्रभावकारी भूमिका रहेको स्वयम् स्थानीहरुको मुखबाट सुन्न सकिन्छ । हिजो २ पटकसम्म आफु मेयर हुँदा आफ्नो सेवासुविधावापत पाएको रकम दिन दुखी, गरिब असायका साथै सामाजिक सेवामा खर्चिएका धवलले अब पनि आफुले पाउने सुविधा यसरी नै जनताकै सेवामा खर्च गरिने बताउँदै आएका छन् ।

‘ब्राण्ड’का रुपमा परिचित विकासप्रेमी लोकप्रिय नेता डाक्टर धवलसंग स्पष्ट भिजन, रुपरेखा र दूरगामीय योजना भएका कारण पनि उनलाई जनताको साथ रहेको छ । उनले आफुले घोषणापत्र महत्वाकांक्षी खालको नबनाएर कार्यान्वयन गर्न सक्ने बनाएको र आफुले जितेको खण्डमा पाँच वर्षमा पूरै कार्यान्वयनमा ल्याउने बताए । राणा खानदानमा जन्मिएका उनी यशआराम र विलासितामा आफ्नो जीवनयापन गर्न सक्ने भए पनि विद्यावारिधी गरेका डाक्टर धवल देश विदेशमा सम्बन्ध हुँदाहुँदै सँधै जनताको सेवामा खटिने चाहना भएको बताउँछन् ।

थप समाचार

गाउँबस्तीमा पनि लोकप्रिय बन्दै डाक्टर धवलसम्शेर

भाषण र बोलीमा भन्दा विकास र काममा विश्वास गर्ने सदाबहार लोकप्रिय नेता डाक्टर धवल

मत किन्ने विरुद्ध शसक्त भएर उभिन मतदातालाई डाक्टर धवलको अपील

बाँके–२ को ब्याटल ग्राउण्डमा ‘डाक्टर धवल, राईभन्दा करिव १० हजार मतले अगाडी’

प्रचारप्रसारमा धवलको ‘धमाल’, स्वस्फूर्त रुपमा खुल्दै सर्वसाधरण

मनिकापुर पुगेर धवलले भने ‘चुनावको बेला भोट किन्ने उम्मेदवारको पछि नलाग्नुहोस्’